"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान आग्रह

प्रकाशित मिति :  १३ श्रावण २०८०, शनिबार १४:३७


काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ ।

‘आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई अनुरोध गरिन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा

रासस / बेईजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको

एजेन्सी । क्यानडामा मारिएका पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको हात भएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले

काठमाडौं । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन्। राजधानी डब्लिनस्थित