"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एलन मस्कले किन फेरे ट्विटरको लोगो ?

प्रकाशित मिति :  ९ श्रावण २०८०, मंगलवार १३:४०


काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

ट्वीटर मालिक एलन मस्कले अन्ततः १७ वर्ष पूरानो ट्वीटरको लोगोलाई परिवर्तन गरेर ट्वीटरको चीर परिचित निलो चरालाई अंग्रेजी वर्णमालाको ठूलो एक्स अक्षरले प्रतिस्थापित गरे । कालो पृष्ठभूमिमा सेतो रंगको अंग्रेजी एक्स अक्षर नै अब ट्वीटरको लोगो बनेको छ ।

अघिल्लो दिन नै मस्कले लोगो परिवर्तनको घोषणा गरेकोमा सोमबार बिहान कम्पनीकी सीईओ लिण्डा याक्कारिनोले ट्वीट गरिन्, ‘एक्स आइपुग्यो, ल अब गरौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुशासनको चर्को नारा दिइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार गठन भएको १६ महिनामा १६

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा