"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक विकासका लागि जी- २० सम्मेलन उपलब्धिमूलक : अर्थमन्त्री महत

प्रकाशित मिति :  ३ श्रावण २०८०, बुधबार १९:४२


काठमाडौँ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो ।’

मुलत: तीन वटा महत्त्वपूर्ण विषयमा छलफल भएको मन्त्री महतले बताए । ‘पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्त्वका रुपमा लिनुपर्छ ।’

जी–२० विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो । नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भएको महतले बताए । ‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेसनले निम्त्याएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ’ मन्त्री महतले भने, ‘हाम्रो क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो ।’

नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्य वृद्धि र विकासका अनेकन समस्याबाट जनमानसमा परेको असरलाई कम गर्ने विषय नेपालले जी–२० को फोरममा राखेको उनले बताए । गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा भएको अन्तर्क्रियामा नेपालमा लगानीको सम्भावनाबारे छलफल भएको महतले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले