"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वीर अस्पतालका सात सय शय्या निःशुल्क, आठ बजेबाट सेवा सुरु

प्रकाशित मिति :  १ श्रावण २०८०, सोमबार १२:२३


काठमाडौं । बिरामीको अत्यधिक चाप हुने देशकै पुरानो अस्पताल वीर अस्पतालमा दैनिक २५ सयदेखि तीन हजार बिरामी सेवा लिन आउने गर्दछन् । बिरामीको चाप गर्न कम गर्न अस्पतालले दिँदै आएका सबै सेवा विस्तार गदै लैजाने निर्णय गरेको छ ।

अस्पतालले बिरामीलाई छिटो र छरितो ररूपमा सेवा प्रदान गर्न अनलाइन टिकटको व्यवस्था गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सर्जिकल भवन सञ्चालनमा ल्याउन हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा स्थायी दरबन्दीबाट २५० नर्सिङ जनशक्ति थपिदिएको जानकारी दिए ।

नर्सिङ जनशक्ति थपिएसँगै सेवा विस्तार गर्न सहज हुने डा. पौडेलको तर्क छ । अस्पतालले बिरामीको सहजताको लागि असार ८ गतेदेखि सात सय जनरल शैय्या(बेड) निःशुल्क गर्ने निर्णय गरेको छ । त्यसैगरी,अस्पतालले विपन्न बिरामीका लागि हरेक वार्डमा सम्पूर्ण उपचार निःशुल्क हुने गरी १० प्रतिशत शय्या सञ्चालनमा छन् ।

अस्पतालले भूकम्प पछि रोकिएको जलन उपचार कक्ष(वर्न वार्ड)साउनदेखि पुन सञ्चालनमा ल्याउन लागेको पौडेललको भनाइ छ । उनका अनुसार, “साउनदेखि जलनको उपचार गर्ने (वर्न वार्ड) कक्ष सञ्चालन हुँदैछ । २५ बेडको जलन उपचार कक्ष सञ्चालन गर्ने तयारी पूरा भइसकेको छ ।”

डा. पौडेललका अनुसार बिरामीलाई छिटो र छरितो सेवा प्रदान गर्न अस्पतालले कार्यालय समय ८ बजेदेखि सुरु गर्न निर्णय गरेको छ । बिरामीलाई शल्यक्रिया सेवा छिटो दिन अस्पतालले ९ वटा शल्यक्रिया कक्ष बढाएर १८ वटा शल्यक्रिया कक्ष बनाउने निर्णय गरेको छ । १८ वटा शल्यक्रिया कक्षबाट नियमित शल्यक्रिया सेवा सञ्चालन हुनेछ ।

डा. पौडेलका अनुसार अस्पतालले आइसियु विस्तार गर्ने योजना छ । उनले भने,“५५ शय्याको आइसियु विस्तार गरेर ७० पुर्‍याउने र ३० शय्याको एचडीयू थपेर संघन उपचारलाई कम्तिमा १०० बेडको बनाउने योजना छ ।”

बिरामीको रोगको प्रकृति हेरेर उपचार जोन छ्ट्याउने अस्पतालको योजना छ । उनले भने, “अस्पतालले आकस्मिक सेवा व्यवस्थीत गर्न शय्या थपेको छ । आकस्मिक कक्षमा जटिलताको आधारमा बिरामीको वर्गिकरण गरेर सेवा प्रवाह गर्ने । जनशक्तिले सेवा थप व्यवस्थीत गर्न उल्लेखनीय भूमिका खेल्ने विश्वास छ।”

एमआरआई सेवा बिहान आठ बजेदेखि आठ बजेसम्म सेवा दिइरहेको छ । दैनिक २५ देखि ३० वटा एमआरआई हुने त्यस्तै अस्पतालले सिटी स्क्यान दुईवटा मेसिनबाट २४ घण्टा सेवा प्रदान गर्दै आएको छ । अस्पतालका अनुसार दैनिक ९० देखि १०० वटा सिटी हुनेछ ।

त्यस्तै अस्पतालले अल्ट्रा साउण्ड, भिडियो एक्सरेको लागि पालो कुर्नु नपर्ने उहाँले जानकारी दिए । अस्पतालले दैनिक साढे दुई सयदेखि तीन सय अल्टा साउण्ड, भिडियो एक्स रे गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।