"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक

प्रकाशित मिति :  ३१ असार २०८०, आईतवार ११:५१


काठमाडौँ । लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। काठमाडाैँकाे मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिंगी लेक्स लिम्बूसहित लेखक रमेश सायन र संचारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे।

पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्र ‘शब्द’ को भोगाइ समानान्तर भएको र लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए। उनले भने, ‘मैले २५ वर्ष पुग्दामात्रै म समलिंगी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भैसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’

नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सले बताए।

फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा सायनले खुसी व्यक्त गरे। उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो।’

अनुप न्यौपानेले उपन्यासको एक अंश नाट्यरूपान्तरण गरी प्रस्तुत गरेको दृश्यबाट सुरू भएको कार्यक्रममा उपन्यासका पात्रहरूका संवाद प्रस्तुत गरिएको थियो। सायनका यसअघि ‘भागेर भूगोलभरि’ (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छुटेका अनुहार’ (निबन्ध) प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान गरेको छ। प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका

काठमाडौं । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम बुकिङ बुधबारबाट खुला भएको छ । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ ।

काठमाडौं । गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि

काठमाडौँ ।   मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार