"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘रमाइला नानी बालसाहित्य पुरस्कार’ रामबाबु सुवेदीलाई प्रदान

प्रकाशित मिति :  २५ असार २०८०, सोमबार १३:५५


काठमाडौँ । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामबाबु सुवेदीलाई प्रदान गरिएको छ।

पाँच दशकदेखि सरल सिर्जनाका माध्यमले बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदीको योगदानको मूल्यांकन  गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जानकारी दिएको छ।

सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले काठमाडौँमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरेका हुन्।

रसिला र मनोरञ्जक बालगीत र बालकवितामार्फत बालबालिकामा देशप्रेम र मानवप्रेमको भावना जगाउन सुवेदीको सिर्जना सफल भएको सदनको भनाइ छ। कास्कीमा जन्मिएका सुवेदीका बालकविता र बालगीत अद्वितीय मानिन्छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ । पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ । नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अवार्डका लागि फिल्म ‘हल्कारा’लाई

मैले रचेको त्यो आधुनिक संसारमामैले तिमिलाई राख्न पाइन भने ?यदि मेरो लागि बनेको त्यो संसारमैले वस्न पाइन भनेर तिमिलेमलाई भन्यौं

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते  हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ