"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मतदाता परिचयपत्र हरायो ? पुन: बनाउन वडा कार्यालयको सिफारिस अनिवार्य

प्रकाशित मिति :  22 February, 2022 10:12 pm


काठमाडौं । मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ ।

निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट दिन सकिनेछ ।

आयोगले मतदाता परिचय पत्र पुन बनाउनका लागि निशुल्क सिफारिस दिन स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

त्यस्तै वडा कार्यालयको सिफारिससहित निवेदन दिएमा इमेल, फ्याक्स वा अन्य विधिबाट दिएको निवेदन पनि स्वीकार गर्न आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज