"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपक्षी सांसदहरूले माग गरे जस्तो बजेट संशोधन हुदैन : अर्थमन्त्री महत

प्रकाशित मिति :  १२ असार २०८०, मंगलवार १२:३०


काठमाडौँ- विपक्षी सांसदहरूले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्नुपर्ने माग गरिरहेका बेला सरकार भने बजेट संशोधन नगरी पारित गर्ने पक्षमा देखिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि संशोधन बिना बजेट पारित हुने बताएका हुन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले बजेट असार १३ गते पास हुने बताए। उनले भने, ‘आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ।’ विपक्षी सांसदहरूले भने बजेट संशोधन हुनुपर्ने अडान राख्दै आएका छन्।

उनले बजेट ल्याउँदा सीमित स्रोतसाधनलाई दृष्टिगत गरिएको बताए। देशको वास्तविकता आर्थिक अवस्थाअनुसार बजेट ल्याइएको दाबी उनको छ। उनले भने, ‘थोरै साधनस्रोत र धेरै आवश्यकता अहिलेकोे वास्तविकता हो। सम्भावित स्रोतसाधनलाई मध्यनजर गरेर नै बजेट ल्याइएको हो।’

उनले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको टिप्पणी गरे। उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि आश्वासन दिए।

‘आवश्यकताअनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। तर थोरै साधनस्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने

काठमाडौँ । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई

काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको