"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री

प्रकाशित मिति :  २७ जेष्ठ २०८०, शनिबार १९:२९


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन्।

शनिबार दिउँसो नुवाकोटको लाकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि अत्तालिएका भ्रष्टहरूले विरोधको राजनीति गरेको बताएका हुन्।

‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्‍यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’ प्रधानमन्त्रीले भने, ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाईं हामी सचेत हुन जरुरी छ।’

सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने उनको दाबी छ। ‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई

काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश

काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार