"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको लोकप्रीयता देखेर अन्य दलले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

प्रकाशित मिति :  २७ जेष्ठ २०८०, शनिबार १४:२८


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले ०८४ मा सबैखाले चुनाव जित्ने देखेपछि अरू दलहरूले बाधा खडा गर्न खोजेको जिकिर गरेका छन्।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको उनको भनाइ छ।

‘रास्वपाको बाटो अब सहज छ, ०८४ मा हामी अघि बढिन्छ। नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं। ०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गर्नुभएको छ,’ उनले भने।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे।

०८४ सालमा हुने निर्वाचनमा एक दलले अर्को दललाई स्वीकार गरेर रास्वपालाई सबै चुनावमा जिताउन पनि उनले आग्रह गरे। अहिलेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु गलत भएको उनले तर्क गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई

काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश

काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार