"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पहिचावादीका नाममा अराजक गतिविधि नगर्न सरकारको चेतावनी

प्रकाशित मिति :  २६ जेष्ठ २०८०, शुक्रबार १४:१८


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन गदै गृहमन्त्री श्रेष्ठले पहिचानका नाममा अराजक मच्चाउने छुट कसैलाई पनि नरहेको भन्दै दोषीमाथि कारबाही गर्ने स्पष्ट पारेका हुन्।

मन्त्री श्रेष्ठले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए।

इलाममा कोशीका पूर्वमन्त्री रामराना मगरको गाडीमा पहिचानवादी भन्नेहरुले सडकमा ढुंगामुढा राखेर अवरोध गर्न खोजिएको देखिए पनि कालोमोसो दलिएको वा अरू केही गरिएको प्रचार सत्य नभएकोस्पष्ट पारे।

उदयपुरमा प्रदेश सभाकी उपसभामुख सृजना दुनुवार चढेको गाडीको झण्डा थुत्ने काम भएको र ढुंगा प्रहार गर्ने काम भएको उनले जानकारी दिए। श्रेष्ठले सम्बन्धित दोषीहरुलाई कानुनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि बताए। यस्तै उनले संघीयताको रक्षा गर्न सके यससम्बन्धी दृष्टिकोणलाई शान्तिपूर्ण बाटोबाट वैधानिक रुपमा स्थापीत गर्न सकिने जोड दिए। एमालेका सांसद योगेश भट्टराईले एमाले नेतामाथि भएको आक्रमणका बारेमा प्रश्न गरेपछि गृहमन्त्रीले जबाफ दिएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो