"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारलाई सांसदको ध्यानाकर्षण : ‘गर्मीले तराईको जनजीवन कष्टकर भयो’

प्रकाशित मिति :  २५ जेष्ठ २०८०, बिहीबार १३:३८


काठमाडौँ । सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन् कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराइन ।

सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्यिस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन समाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गरे ।

सांसद नारायणी शर्माले दाङको सीमा नाका क्षेत्रका बासिन्दाका लागि खानेपानी शिक्षा स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरीन । सांसद निशा डाँगीले बागमतीका नाममा धेरै राजनीति भएको सरसफाइका नाममा करिब रु २२ अर्ब खर्च भइसकेको तर अझै प्रभावकारी काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन ।

सांसद प्रतीक्षा तिवारीले बागमती अधिकार सम्पन्न समितिलाई बागमती सभ्यता सुधारका ०।५ प्रतिशत कर रकम उठाइँदै आएको करिब सात अर्बभन्दा बढी रकम जम्मा भइरहेको अवस्थामा त्यसको प्रभावकारी उपयोग गर्न आग्रह गरीन । सांसद प्रभु साहले किसानका बालीनाली जङ्गली जनावरले नाश गर्ने गरेको अवस्थामा आवश्यक क्षतिपूर्ति नपाएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले मुलुकका ठुला जलविद्युत् आयोजना निर्माणको जिम्मा विदेशीलाई नदिई नेपाल सरकार आफैँले बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद वसन्तकुमार नेम्वाङले मुलुकभर गाईबस्तुमा महामारी रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद बीना देवीले रौतहटमा रहेको चिनी मिल बन्द भएको जनाउँदै शीघ्र सञ्चालनका लागि माग गरीन । सांसद विनीता कठायतले पोर्चुगलमा रहेको नेपालीले नेपाली दूतावास स्थापनाको माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो