"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय मर्यादा कायम गर्न नसकेकोमा लामिछानेले गरे आत्मालोचना

प्रकाशित मिति :  २५ जेष्ठ २०८०, बिहीबार १३:३३


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले केही दिनयता आफ्नो पार्टीका तर्फबाट संसदीय मर्यादा कायम गर्न नसकेकोमा पार्टीका तर्फबाट आत्मालोचना गरेका छन्। उनले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै विगत केही दिनयता संसद्‌मा आफ्नो दलका सांसदका तर्फबाट भएका अमर्यादित व्यवहारप्रति आत्मालोचना गरेका हुन्।

उनको आत्मालोचना केही दिनअघि संसद्मा भैँसी र राँगाका विषयमा भएका बहसतर्फ केन्द्रित थियो। गत सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैँसी चढेर आएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने क्रममा खनालले भैँसी चढेर आएको बताएपछि सत्ता पक्षीय सांसदले आपत्ति जनाएका थिए।

खनालले भनेका थिए, ‘हामी चाहन्थ्यौँ प्लेन चढेर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा आउनुहोला। तर भैँसी चढेर आएको कुरा आए।’ भैँसीको प्रसंग उठेपछि सत्तापक्षीय सांसदले होहल्ला गरेका थिए। मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गरेका थिए। त्यस क्रममा सभापति लामिछानेले पनि संसद्मा दादागिरी नदेखाउन चेतावनी दिएका थिए।

लामिछानेले बिहीबार भने, ‘यो सदन भैँसी राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ। हामी आत्मालोचना गर्न चाहन्छौँ। हाम्रा दलबाट पनि भएका कमीकमजोरीलाई आत्मालोचना गर्न चाहन्छौँ।’

लामिछानेले संसद्को गरिमा कायम राख्नका लागि कतै चुकिरहेका त छैनौँ भन्दै ध्यानाकर्षण गराए। उनले भने, ‘जस्ताजस्ता विषयहरूमा हामीले छलफल गर्‍यौँ, हामी नयाँ राजनीतिक दलका हिसाबमा चाहे ती हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलका तर्फबाट आएका विषय हुन्। हामी कहीँ न कहीँ लज्जित भएका छौँ।’

उनले नयाँ राजनीतिक दलका रूपमा नयाँ अभ्यास लिएर आएको बताए। तर बजेट र राष्ट्रका महत्त्वपूर्ण मुद्दामा कुरा गरिरहँदा आमजनतामा संसद्‌बाट राम्रो सन्देश नगएको उनको भनाइ छ। उनले भने, ‘म आफ्नो भागको आरोप र दुःखमा आफू जिम्मेवार हुन चाहन्छु। आफ्नो दलबाट भएको बहस केही अमर्यादित हुन पुगेकोमा क्षमा माग्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्

काठमाडौँ । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका

काठमाडौं । १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ