"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्ण पाठसहित]

प्रकाशित मिति :  २४ जेष्ठ २०८०, बुधबार १९:२७


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ। जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शुन्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ। यसैगरी, प्रदेश सरकारले बाजुराको कोल्टी अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताल ,डडेल्धुराको जोगबुढा अस्पताल र कैलालीको लम्कीचुहालाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने भएको छ। प्रदेश सरकारले गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो। प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनोरेल सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। प्रदेश सरकारले अछाम, बैतडी, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रगंशाला निमार्ण हुने भएको छ।

यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हेल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौँ । देशभरिका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरूले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाउ भन्ने

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री कार्कीले

काठमाडौं । नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रवेश परीक्षा मिति तोक्न आग्रह गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर ‘हाललाई न्यूनतम