"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपा एमालेमा हट्यो ७० वर्ष उमेरहद, ओलीलाई फेरि अध्यक्ष बन्‍न सहज

प्रकाशित मिति :  २४ जेष्ठ २०८०, बुधबार १४:४८


काठमाडौँ। नेकपा एमालेले केन्द्रीय कमिटीको उम्मेदवारको उमेर हद हटाएको छ। यसअघि ७० वर्षे उमेर हद रहेकोमा अब सो प्रावधान हटाएको हो। वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठक र जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउने निर्णय गरेको हो।

एमालेले मातहत कमिटीमा पठाएको अन्तरपार्टी निर्देशनमा पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने बताइएको छ।

काठमाडौँमा भएको नवौँ महाधिवेशनदेखि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो। ०७८ मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनले पनि केन्द्रीय कमिटीमा रहन ७० वर्षे उमेर हदलाई पारित गरेको थियो।

महाधिवेशनले तोकेको सो व्यवस्था केन्द्रीय कमिटी र सचिवालय बैठकले परिवर्तन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाउने रणनीतिले एमालेले उमेर हद हटाएको हो। यसले ०८४ सालमा हुने निर्वाचनपछि एमालेबाट ओली नै संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने बाटो खोलेको छ।

तत्कालीन नेकपाकालमा विरष्ठ नेता माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र अष्टलक्ष्मी शाक्यलगायतले पार्टीमा ७० वर्षे उमेर हद कायम रहनुपर्ने र दोस्रो तहका नेतालाई पार्टीको नेतृत्व दिनुपर्ने भन्दै आवाज उठाउँदै आएका थिए। तर पार्टीको सबै अधिकार आफैँमा राख्न ओलीले सो प्रावधान बैठकबाटै परिवर्तन गरेका छन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई

काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश

काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार