"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेट निर्माण करका दरहरु हेरफेरमा कुनै घुसपैठ भएको छैन : अर्थमन्त्री

प्रकाशित मिति :  २३ जेष्ठ २०८०, मंगलवार १५:५५


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले मंगलबार यस्तो जवाफ दिएका हुन् ।

‘बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन’ महतले भने ‘बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।’ सञ्चारमाध्यममा आएका कुराहरुलाई विश्वास नगर्न र सरकारका गतिविधिलाई विश्वास गर्न उनले आग्रह गरे । ‘इमाान्दारपूर्वक काम गर्छौं भनेर बसेका मन्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मिल्दैन,’ उनले भने, ‘हामी कसम खाएर काम गर्न बसेलाई असत्य मान्न भएन ।’

आर्थिक विधेयक टाइप गर्ने प्रयोजनका लागि मात्र भन्सारका करार कर्मचारी रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको उनले प्रस्ट्याए । ‘रामकृष्ण श्रेष्ठ जी २० औं वर्ष देखि यही काम गर्दै आएको, इमान्दार दक्ष, अनुभवी कर्मचारी हुनुहुँदो रहेछ,’ उनले थपे, ‘आधिकारिक व्यक्तिमा आधारित भएर निर्णय भएका दरहरु उनीहरुकै आदेशमा श्रेष्ठले टाइप गरेका मात्र हुन् ।’

आफूभन्दा अघिका अर्थमन्त्रीहरुले पनि उनलाई नै प्रयोग गर्दै आएकाले आफूले पनि सोही कुरा मानेको उनको दाबी छ । ‘चलखेल भयो कि बिचौलियाको कुरा आएको छ । बिचौलियालाई मैले छेउछाउमा पनि आउन दिएको छैन,’ महतले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ

काठमाडौँ । नेपालको अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले जनाएको छ । एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन