भारत भ्रमण फितलो भयो, नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्छ : ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए ।
अध्यक्ष ओलीले नागरिकता विधेयकबारे फेरि संसद्मा छलफल हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।
उनले भने, ‘विधेयकलाई फेरि संसद्मा ल्याउनुपर्छ। छलफल हुनुपर्छ।’ उनले अहिलेको संसद्ले सभामुख अग्नि सापकोटालाई नचिन्ने पनि बताए। उनले भने, ‘नयाँ सांसदहरूले संसद्मा छलफल गर्न पाउनुपर्छ।’ ओलीले प्रधानमन्त्रीलाई तास फिटेजस्तो कुरा नगर्न पनि आग्रह गरे।
नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। विधेयक प्रमाणीकरण काननु सम्मत नरहेको भन्दै विपक्षी दलले संसद्मा विरोध गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने विधेयक फेरि छलफलका लागि ल्याउँदा संसद्का अपमान हुने बताएका छन्।