"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गुणस्तर तथा नापतौलका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  30 May, 2023 3:17 pm


काठमाडौँ । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ