"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

प्रकाशित मिति :  १५ जेष्ठ २०८०, सोमबार १९:१७


काठमाडौँ । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सूवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने भएको छ ।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एसोसिएट सदस्यता पाएपछि नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो ।

क्यान र त्रिभुवन विश्वविद्यालयबीच सुरुमा पाँच वर्षे सम्झौता भए पनि सम्झौता नवीकरण गर्दै क्यानले उक्त मैदानलाई लिजको रुपमा प्रयोग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले आयरल्यान्ड उल्भस (ए) लाई दोस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा पनि पराजित गरेको छ । कुशल मल्ल र

काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको

काठमाडौँ । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ। गएराति बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल

काठमाडौं । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी-२० र भारतमा खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको लागि आफ्नो टोली घोषणा गरेको