"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अनुसन्धान, नवप्रवर्तन र इआविष्कार कोषका लागि एक अर्ब विनियोजन

प्रकाशित मिति :  १५ जेष्ठ २०८०, सोमबार १८:३२


काठमाडौं । सरकारले नवप्रवर्तन, आविष्कार र अनुसन्धान सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाई स्थापना गरिने भएको छ ।

अर्थ मन्त्री डा. प्रकाशशरण महतका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिने र त्यसको लागि इकाई स्थापना गरिने मन्त्री महतले घोषणा गरेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र इआविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गरिनेछ। सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिने र प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने मन्त्री महतले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभियन्ता ईःबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सातौँ दिनमा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अभियन्ताहरूलाई संवादमा बोलाउँदा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार बिहान

काठमाडौं । राष्ट्रिय युवा परिषदको अगुवाइमा उद्यमशीलता प्रवर्द्धनका लागि नवप्रवर्तन तथा इन्कुवेसनमा क्रियाशील सरकारी तथा गैरसरकारी क्षेत्रका निकाय र संस्थाहरुले

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । नेपाल