"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संयुक्त संसदीय सुनुवाइ समिति गठन, कुन दलका को–को छन् सदस्य

प्रकाशित मिति :  १४ जेष्ठ २०८०, आईतवार १६:००


काठमाडौँ । संयुक्त संसदीय सुनुवाइ समितिको प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम अनुमोदन भएको छ । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका ४-४ जना सदस्य रहेका छन् भने माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपाका १-१ रहेका छन् । प्रतिनिधिसभाको नाम अनुमोदनसँगै समितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसका रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की, त्यसैगरी नेकपा एमाले पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् । त्यसैगरी माओवादी केन्द्रका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी रहेका छन् ।

सो समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनित भइसकेका छन् ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सत्तारुढ दल नेकपा  एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टीइस्टेटको जग्गा बिक्री नेकपा एमालेकै पालामा भएको बताएका छन्। काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदमा उद्दण्डता प्रस्तुत गरेको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा