"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्माण सम्पन्‍न भएको पाँच वर्षपछि प्रदर्शन हुँदै नीरफूल

प्रकाशित मिति :  27 May, 2023 11:09 am


काठमाडौँ। निर्माण सम्पन्न भएको ५ वर्षपछि चलचित्र नीरफूल प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए।

‘चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु। यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ,’ उनले भने।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयासमा आधारित चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।

‘मलाई सधैं बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकी ती चलचित्र जहिले देखाउन सकिन्छ। यस्तै चलचित्र बनेको छ,’ अभिनेता राईले भने। भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलको भनाइ छ।

रुवि भ्याली र काठमाडौँमा छायांकन गरिएको चलचित्र आफूले खोजे झैं भएको अभिनेता खतिवडाले बताए। ‘कहिले पैसा र कहिले कथाले मजस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ। तर यसमा दुवै पाएँ,’ उनले भने।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको चलचित्रमा प्रमोद कार्कीले छायांकन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले संगीत दिएका छन्। चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट