"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा माग सुनुवाइ नगरेका कारण एमालेको अवरोध यथावत्

प्रकाशित मिति :  20 February, 2022 12:02 pm


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ । आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन गर्न विवश छौं,’ भट्टराईले भने, ‘संसदमा के आउँछ विषयवस्तुका आधारमा होइन हामीमाथि गरेको व्यवहारका र विभेदका कारणले जे आए पनि संसदीय कामकारबाहीमा भाग लिन नसक्ने व्यहोरा जानकारी गराउँछौ ।’

भट्टराईका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन