"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

प्रकाशित मिति :  ९ जेष्ठ २०८०, मंगलवार १२:०८


काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ ।‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् ।

परीक्षणका लागि दुईवटा साझा बस केही दिन नि:शुल्क सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।

यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ ।

नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालु आर्थिक वर्षबाट प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स आउन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्र मर्जर भई कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई थप सहुलियत

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच