"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

प्रकाशित मिति :  ८ जेष्ठ २०८०, सोमबार १९:११


काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज ९सोमबार० सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । प्रतिपक्षी दलका सांसदहरूले भने नीति तथा कार्यक्रमले मुलुकको अहिलेको समस्या समाधान गर्ने गरी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे ।

बैठकमा जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रममा धेरै विषयबारे द्विविधा भएको उल्लेख गर्दै गफ दिएर नयाँ नेपाल निर्माण नहुने बताए । उनले आफ्नै स्रोतले मात्र अपेक्षा गरेअनुसारको विकास गर्न नसकिने जिकिर गर्दै वर्तमान परिवेशमा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।

आस्वासनले मात्र अब जनता चुप नलाग्ने उल्लेख गर्दै सांसद यादवले परिणाममुखी काम गर्न नसके अब नयाँ दल र पुराना दलको भाष्य स्थापित हुन लागेको बताए। मुलुक बनाउन नीति तथा कार्यक्रममा सपना देखाउने कार्यक्रम हुनुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वदेशमै बस्न उत्प्रेरणा र कार्यक्रम ल्याउनुपर्ने बताए ।

जनमत पार्टीकी सांसद अनिता देवीले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउन सरकारलाई अनुरोध गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न उद्योगधन्दा सञ्चालन गर्न माग गरे । सामुदायिक स्वास्थ्य सेवालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने र सरकारले लगानी सुरक्षित गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेपालको कृषि क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशत योगदान गरेको उल्लेख गर्दै उनले समयमै कृषकलाई मल, बीउ र सिँचाइको सुविधा उपलब्ध गराउने सरकारको नीति हुनुपर्ने सुझाव दिए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी कारखाना, भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालनका लागि नीति तथा कार्यक्रममा योजना राख्न सुझाव दिए ।

स्वतन्त्र सांसद प्रभु साहले लोकतन्त्रको अभ्यास गर्दा जनताले विश्वास गर्ने गरी छलफल गर्नुपर्ने तथा देशको विकास र समृद्धिका लागि काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले व्यवस्थासँगै अवस्था बदलिएको जनताले हेर्न चाहेको र त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

अर्का स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले नीति तथा कार्यक्रम जनताको जीविका र समृद्धिसँग मेल खाने खालको नभएको टिप्पणी गरे । यस्तै स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नीति तथा कार्यक्रममा लेखिएका कुरा अक्षरशः कार्यान्वयन गरेमा राम्रो हुने तर प्रभावकारी कार्यान्वयनमा भने विश्वस्त हुन नसक्ने अवस्था रहेको बताए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।  सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता