"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रिमियर लिगमा म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन च्याम्पियन

प्रकाशित मिति :  ७ जेष्ठ २०८०, आईतवार ११:१७


काठमाडौं । म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार राति उपाधि होडमा रहेको आर्सनल नटिघम फरेस्टसँग १-० गोलले पराजित भएसँगै सिटी तीन खेल अघि नै सिजनको च्याम्पियन बनेको हो। शीर्ष स्थानको सिटीले अंक तालिकामा ३५ खेलबाट ८५ अंक जोडेको छ। अन्तिम खेलअघि दोस्रो स्थानको आर्सनलको ३७ खेलबाट ८१ अंक छ। 

सिटी छ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको छ र अब ऐतिहासिक ट्रेबल जित्ने मौका छ। सिटीले ३ जुनमा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ। १० जुनमा युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। दुवै फाइनल जिते सिटीले ट्रेबल गर्नेछ।

म्यानचेस्टर युनाइटेड छ सिजनमा पाँच प्रिमियर लिग उपाधि जित्ने अन्तिम टोली थियो। युनाइटेडले १९९६ देखि २००१ बीचमा ६ सिजनमा पाँच उपाधि जितेको थियो। युनाइटेडले १९९९ मा ट्रेबल जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमलाई वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्ने प्रस्ताव आएको छ।  जेठ २९ गतेदेखि हङकङमा हुने प्रतियोगितामा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित

काठमाडौं । मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ ।पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले

काठमाडौँ । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ । सरकारले बजेट मार्फत त्रिभुवन