नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचको मनोनयन घोषणा

काठमाडौँ । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचको मनोनयन घोषणा भएको छ। जसमा ‘ऐना झ्यालको पुतली’, ‘द सेक्रेट्स अफ राधा’, ‘चिसो मान्छे’, ‘कबड्डी ४’ र ‘छक्का पञ्जा ४’ रहेका छन।
यस्तै आइतबार सोल्टी होटलमा भएको कार्यक्रममा २५ विधामा मनोनीत भएकालाई प्रमाणपत्र वितरण पनि गरिएको छ। आगामी साउन ६ गते अर्थात् २२ जुलाईमा अमेरिकाको टेक्सासमा हुने नेफ्टा अवार्डका मनोनीतहरूलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रमाणपत्र वितरण गरेका हुन्।
२५ विधामा सार्वजनिक भएको मनोनयनमा ‘छक्कापञ्जा ४’ सबैभन्दा बढी १५ विधामा मनोनीत भएको छ। त्यस्तै ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ ११/११ विधा, र ‘फूलबारी’ ९ विधामा छानिएका छन्।