"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँने तयारीमा स्वास्थ्यमन्त्री

प्रकाशित मिति :  11 May, 2023 10:24 am


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बिमा गरेकालाई उपचारमा सरलीकरण गरिने बताएका हुन्।

स्वास्थ्य बिमा गरेका मानिसहरूलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको सुनिएकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने उनले बताए। मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजान मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको पनि बताए।

‘यो स्वास्थ्य बिमाबारे गम्भीर विषय उठेको छ,’ उनले भने, ‘स्वास्थ्य बिमामा एक रूपता पनि रहेन। अनि बिमा गरेको मान्छे भनेर हस्पिटलमा जाने वित्तिकै त्यसलाई दोस्रो दर्जाको बिरामीको रूपमा हेरिने अवस्था पनि सुनेको छु मैले। बिमा कार्यान्वयन गर्ने पक्ष त्यतिधेरै प्रभावकारी देखिएको छैन। मैले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरी यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि कुरा गर्दै आएको छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट

काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले जेन-जी आन्दोलनका

काठमाडौँ — भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती

काठमाडौँ– सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ