"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री साउद बंगलादेश जादै

प्रकाशित मिति :  २८ बैशाख २०८०, बिहीबार १०:१२


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन्।  बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन्।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन। उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ। 

चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई  अन्‍य ३  देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास

एजेन्सी । नेपाल-भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा हुने सहमति र सम्झौताबारे भारतीय