"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चालु आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्समा २४.२ प्रतिशतले वृद्धि

प्रकाशित मिति :  २७ बैशाख २०८०, बुधबार १३:२४


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा रेमिट्यान्स आउने क्रम २४.२ प्रतिशतले बढेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार चैतसम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको छ । यो अवधिमा ३ लाख ८७ हजार ८३९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५.५ प्रतिशतले बढेको छ । चैतसम्म २ लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद

भोजपुर – भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन्