"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

खानी तथा भूगर्व विभागका महानिर्देशक सहित १८ जना विरुद्ध मुद्दा

प्रकाशित मिति :  26 January, 2022 3:46 pm


काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्व विभागका महानिर्देशक सहित १८ जना विरुद्ध अनियमितता आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित १८ जना र ९ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

उनीहरुविरुद्ध १ अर्व २४ करोड बढी रकम विगो कामय गरेर मुद्दा दायर गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ। आयोगका अनुसार चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ।

चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोत दोहनमा सघाएको पुष्टि भएको छ,’ अख्तियार स्रोतले भन्यो,‘ ‘खानी विभागका महानिर्देशक सहित १८ जना र ९ कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ