"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीमा २५६७ औँ बुद्धजयन्ती मनाईदै

प्रकाशित मिति :  २२ बैशाख २०८०, शुक्रबार १०:३९


लुम्बिनी । २५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा शुक्रबार बिहान शान्ति र्‍याली निकालिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्ति र्‍यालीको शुभारम्भ गरेका हुन्।

लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदीप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्‍याली गरिएको थियो। मूल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने सदस्य सचिव सानुराजा शाक्यले बताए।

शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलारासीको रामग्रामममा अस्तुधातु यात्रा गरिने भएको छ। पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए। रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले सम्बोधन गर्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी परेका छन् ।

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०/०८१ का लागि शुक्रबार नीति

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको