"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

प्रकाशित मिति :  २० बैशाख २०८०, बुधबार १६:२५


काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आज (बुधबार) बाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो ।

लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए । 

उनले ०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिइसकेकाले मात्रै दरखास्त भर्न पाउने र उनीहरूले दस्तुर शुल्क तिर्नु नपर्ने बताए । उनले यसपटक पनि ८० हजारभन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए । उनले पहिला दरखास्त भरिसकेकाहरूको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गरे ।

प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्ने गरी तयारी गरिरहेको पनि बताए । उनले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए ।

उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साबिकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ । लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । न्यायपरिषद्ले पुनः जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले शुक्रबार एक सूचना निकाल्दै २९ जिल्ला न्यायाधीशका लागि दरखास्त

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय खोज्न कार्यदल गठन गरेको छ ।

काठमाडौँ । सरकारले अध्यापन अनुमति पत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने कानुन बनाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री