"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध

प्रकाशित मिति :  3 May, 2023 11:22 am


काठमाडौँ । सरकारले तयारी खाना तथा खाजाका परिकार पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि असर पार्ने रसायन प्रिन्टेड पत्रपत्रिकामा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम थालिएको बताइन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फूडको उपयोग बढ्दै गइरहेको तर स्वच्छता ल्याउन सरकारले पत्रपत्रिका प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । ‘केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फुड राम्रो विकल्प हो’ उनले भनिन् ‘तर स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन, पत्रपत्रिकामा प्याक गर्दा प्वाइजनिङ हुन्छ, यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ ।’

चटपटे, पानीपुरी लगायत अन्य तयारी परिकार पत्रपत्रिकाकामा प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने उनले बताइन् । प्रिन्टेड पेपरमा खानेकुरा राख्दा विष मिसिने भएकाले नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने जोशीले बताइन् । ‘पहिले सचेतना बढाउने र क्रमशः प्रतिबन्ध लगाएर खाद्य ऐन बमोजिमको बाटोमा लाग्नुपर्ने देखिन्छ’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले जेन-जी आन्दोलनका