"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

प्रकाशित मिति :  १९ बैशाख २०८०, मंगलवार १४:३१


काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। आज मंगलबार बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्। चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। चौधरी कांग्रेसबाट निर्वाचित सांसद हुन्।

चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिए।

एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका थिए। विश्वासको मतको छलफलका क्रममा नेकपा एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको पत्र पढेर नसुनाएको भन्दै विरोध गरेका थिए।

एमालेले विरोध जनाएपछि केहीबेर बैठक रोकिएको थियो। सभामुखले सत्तापक्ष र विपक्षी दलसँग छलफल गरेपछि पुन: बैठक सुरु भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जाजरकोट । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि माध्यामिक विद्यालयमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

विराटनगर । कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक

काठमाडौँ । लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका