"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायती राजाको राज्याभिषेकमा २२०० भन्दा बढी पाहुना सहभागी हुने

प्रकाशित मिति :  १९ बैशाख २०८०, मंगलवार ०९:३४


एजेन्सी । बेलायतका नयाँ राजा चार्ल्सको आउने शनिबार राज्याभिषेक हुँदैछ। समाचार संस्था रोयटर्सका अनुसार उक्त राज्याभिषेक समारोहमा संसारभरिबाट २२०० भन्दा बढी पाहुना सहभागी हुने भएका छन्।

वेस्टमिनिस्टर अबेमा हुने राज्याभिषेक समारोहमा २०३ देशका राष्ट्र/सरकार प्रमुख, परराष्ट्र मन्त्री सहभागी हुने बकिङहम प्यालेसले जनाएको छ। विभिन्न धार्मिक र सामाजिक संस्थाका प्रतिनिधि पनि राज्याभिषेकमा सहभागी हुनेछन्।

नेपालका तर्फबाट राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। त्यसका लागि उनी बिहीबार बेलायत प्रस्थान गर्दैछन्। महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन्।

एलिजावेथको राज्याभिषेक सन् १९५३ मा यही ठाउँमा भएको थियो। त्यतिबेला ८२०० भन्दा बढी पाहुना राज्याभिषेकमा सहभागी भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज