"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौँमा ‘भुइँमान्छेका कविता’ एकल वाचन

प्रकाशित मिति :  १८ बैशाख २०८०, सोमबार १२:०१


काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को काठमाडौँमा एकल कविता वाचन हुने भएको छ। कवि रानाको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ विमोचनसहित एकल कविता वाचनसमेत हुन लागेको हो।

कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रम थापागाउँस्थित मण्डला थिएटरमा हुनेछ। कार्यक्रममा उनले एक दर्जन कविता सुनाउने आयोजकले जनाएको छ।

बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ वटा कविता संकलन गरिएको छ।

आयोजकका अनुसार कवि रानालाई कार्यक्रममा ५१ हजार रूपैयाँ नगदसहित सम्मान पनि गरिनेछ। कवि रानाको संघर्षपूर्ण जीवनको प्रेरणस्वरुप उक्त सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।

बर्सेनि गुजाराका लागि जीवनभर ज्यालामजदुरी गर्दै आएका स्रष्टालाई आयोजकले सम्मान गर्दै आएको छ। ६० वर्षका राना अहिले पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फोड्ने र प्रसाद बनाउने काम गर्छन्।

पुर्ख्यौली घर स्याङ्जाको क्याक्मी गाउँ भएता पनि उनको आफ्नो घर र जग्गा केही पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ। निर्माण टिमले शनिबार उपत्यकाको १८

काठमाडौँ। निर्माण सम्पन्न भएको ५ वर्षपछि चलचित्र नीरफूल प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा निर्देशक फूलमान वलले चलचित्रमार्फत

काठमाडौँ । हामीले दैनिक आफ्नो आहारमा सलाद समावेश गरेका हुन्छौँ । काँक्रो, गाँजर, मुला, प्याजको टुक्रा खानाको साइडमा राख्नु नै सलाद

काठमाडौँ । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचको मनोनयन घोषणा भएको छ। जसमा ‘ऐना झ्यालको पुतली’, ‘द सेक्रेट्स अफ