"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेषले गरेका फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

प्रकाशित मिति :  १४ बैशाख २०८०, बिहीबार १६:३६


काठमाडौं  । विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। आयोगले दायर गरेका मुद्दामा विशेषले गरेको फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार अख्तियारले दायर गरेका मुद्दामा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ती आर्जन,घुस/रिसवत र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी मु्द्दामा पुनरावेदन दिएको हो।

कृष्णबहादुर बस्नेत,नविन कुमार गौली,सविता गौलो,सकुन्तला गौली र सुलभ गौली प्रतिवादी रहेको मुद्दामा सर्वोच्च अदालतले माघ १ गते सफाइ दिएको  थियो। उनीहरूविरुद्ध गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो

यस्तै अख्तियारले घुस रिसवत लिनेदिने कार्य गरी भ्रष्टाचार गरेको ठहर गर्दै कृष्णबहादुर बस्नेत र नविन कुमार गौलीविरूद्ध मुद्दा दायर भएको  थियो। विशेषले  सो मुद्दामा माघ १ गते सफाइ दिएको थियो।

नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै डा.बलराम थापा र रेवती रमण निरौला प्रतिवादी रहेको मुद्दामा सफाइ दिएको भन्दै अख्तियारले पुनरावेदन गरेको हो। सो मुद्दामा सुनु​​वाइ गर्दै विशेषले गत भदौ १५ गते सफाइ दिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले