"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कम्युनिस्ट पार्टीबीच एकता गर्नेबारे छलफल गरिरहेका छौँ : प्रचण्ड

प्रकाशित मिति :  १० बैशाख २०८०, आईतवार १६:२४


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन: उपलब्धी चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेसँग एकता गरेर बनेको नेकपामै फर्किने गरी पार्टीहरू एक हुनुपर्ने पनि बताए। ‘जो कम्युनिस्ट पार्टीको एकता वा जनवादी केन्द्रीयताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तविरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन्। तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौँ,’ उनले भने, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ। हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ। कम्युनिस्ट पार्टीमा नेतृत्वलाई ‘कि’ भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ।’

उनले सबै कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा आउन पनि अपिल गरे। समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन आग्रह गरिने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको