"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति देउवाको प्रशंसा – मधेशको सच्चा नेता उपेन्द्र यादव नै हुन्

प्रकाशित मिति :  ७ बैशाख २०८०, बिहीबार १८:०८


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको भन्दै  प्रशंसा गरेका छन् । उनले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको सुनाए । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।

‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गरेका हौँ । उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो ।’

सभापति देउवाले बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताए । ‘उहाँलाई एक पटक जिताएर पठाउनुस्, पाँच वर्ष उहाँको काम हेर्नुहोस्, चित्त नबुझेको अर्को चुनावबाट विकल्पमा सोच्दा हुन्छ,’ देउवाले भने ।

उनले लोकतन्त्रमा जनता नै देशको मालिक भएको बताए । ‘लोकतन्त्रमा जनता मालिक हो । नेताले जनताको सेवा गर्ने हो । जनताले जे निर्णय गर्छन्, नेताले त्यही मान्नुपर्छ,’ देउवाले अघि भने, ‘जनताले राम्रो काम गरे, फेरि जिताउँछन्, पुरस्कार दिएर पठाउँछन् । नत्र हटाइदिन्छन् ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको