"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ठूलाठूला गफ हाँक्नेहरूलाई होईन, गोविन्द भट्टराईलाई जिताउनुस् मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  ६ बैशाख २०८०, बुधबार १९:२५


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि सरकारले कठोर कदम चालेको बताएका छन्। उनले मंगलबारको मन्त्रिपरिषद बैठकका निर्णय गहिरो भएको पनि बताए। मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए। यो निर्णयप्रति लक्षित गर्दै बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने भ्रष्टाचार  र बेथितीलाई रोक्नका लागि केही कठोर कदम चालिएको छ। म अहिले व्याख्या गर्दिनँ।

हिजोको मात्रै क्याबिनेटको निर्णय तपाईंहरूले हेर्नुहोला। कुरो गहिरो छ। कुरो धेरै गहिरो छ।’ उनले सुशासनका क्षेत्रमा पनि सरकारले काम गरिरहेको बताए।‘ठूला-ठूला गफ हाँक्नेहरूको असलीयत के हो भन्नेकुरा हामीले देखिराखेका छौं। सुशासनका क्षेत्रमा पनि प्रशासनमा सुधारका लागि सरकारले गम्भीर कदम चालेको छ,’ उनले भने।

बुधबार तनहुँको डुम्रेमा भएको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका थिए। ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको