"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउन चिकित्सकको सुझाव

प्रकाशित मिति :  ३ बैशाख २०८०, आईतवार १३:३६


काठमाडौँ । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण बढेको छ। संक्रमित बढ्न थालेसँगै काठमाडौँका अस्पतालमा खोप लगाउनेको उपस्थिति बाक्लिएको छ। नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्।

यसबीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेमा भने ज्येष्ठ नागरिक र दीर्घरोगी मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए।

उनका अनुसार कोरोना भाइरस बढिरहनुको कारण हालका लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्ट हुन्। उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिको रहेको जानकारी दिए।

डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको बताए। उनले भने, ‘यो सबभेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।’ कोरोना संक्रमण बढेसँगै काठमाडौँको शुक्रराज अस्पतालमा उपचार गराउनेको संख्या बढेको छ। अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुलाई बेलैमा बुस्टर लगाउन पनि आग्रह गरेका छन्। उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिन मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।