"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति र प्रधानमन्त्रीलाई धरानमा श्रमदान अवलोकन गर्न मेयरको निमन्त्रणा

प्रकाशित मिति :  २९ चैत्र २०७९, बुधबार ११:४४


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानको अवलोकन गर्न निमन्त्रणा पठाएका छन्। मंगलबार शीतलनिवास र बालुवाटारलाई पत्र लेख्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका हुन्।

पत्रमा उनले श्रमदानमा सहभागिता जनाउन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। ‘यसै अवसरका बाबजुद धेरै समस्या र चुनौतीहरू पनि धरानमा रही आएको छ।’

मेयर साम्पाङले लेखेका छन्,’दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ मेयर साम्पाङले लेखेको पत्रमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ । सत्तापक्षका सांसदले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताए । हुन्न बाँकी सहमतिलाई पनि

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। उच्चस्तरीय भेटवार्तासँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी