कोशी प्रदेशका मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्कीसँग तीनवटा घर छन् भने उनले शिक्षा, स्वास्थ्य र हाउजिङमा लगानी गरेका छन् ।
यसैगरी अर्का मन्त्री जीवन आचार्यले उल्लेख गरेको सम्पत्ति विवरण हेर्दा उनी पनि धनाड्य देखिन्छन् । मोरङको बुढीगंगामा पर्याप्त जग्गा उल्लेख गरेका उनीसँग दुईवटा घर, २० तोला सुन, ४५ लाख बैंक ब्यालेन्स छ ।
यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सम्पत्ती विवरणमा आफ्नो घर रहे/नरहेको केही पनि उल्लेख गरेका छैनन् । तर उनले आफूसँग ५० तोला सुन र ५०० तोला चाँदी रहेको विवरण पेस गरेका छन् ।