"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्यलाई दूरसञ्चार ऐनका कारण ५० औँ अर्ब रुपैयाँ नोक्सान हुदै

प्रकाशित मिति :  २५ चैत्र २०७९, शनिबार ११:१४


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मस्यौदा गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन्। काठमाडौँमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले एनसेल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भए पनि भित्रभित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए।

उनले भने, ‘ऐन आउने भनेर सुनिरहेका छौँ हामीले। तर त्यो एक्टले ५० औँ अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ। त्यो टेलिकमको कुरा गरेको हो। एनसेलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ? उसले के बदमासी गरेर मिलाउँदैछ? यस्ता कुरा भन्नुपर्छ तपाईंहरूले।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको