"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको आरोप : सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन सक्छन्

प्रकाशित मिति :  २३ चैत्र २०७९, बिहीबार १८:३९


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध सत्ता गठबन्धनले महाअभियोगको प्रस्ताव ल्याउन सक्ने सम्भावना भएको बताएका छन्।

आज बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘धेरैपल्ट राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन खोजेका थिए तर पार लागेन। यिनीहरूले अहिलेको सभामुखविरुद्ध पनि महाभियोग ल्याउन बेर लगाउँदैनन्,’ उनले भने, ‘यिनीहरूसँग लाजसरम भन्ने केही छैन। यिनीहरूलाई के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन।’

स्थिरता चाहिन्छ भन्ने शक्ति एमालेबाहेक कोही नभएको उनको भनाइ छ। ‘बलियो शक्ति बनाउन नदिने छन्। हामीले शान्तिपूर्ण, विकासमुखी, जनपक्षीय समतामुलक देश बनाउने भनिरहेका छौँ,’ उनले भने। उनले एमाले हुन नसके देशका निम्ति एक भोट एमालेको चिह्नमा हाल्न भने सक्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको