"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपनिर्वाचनमा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

प्रकाशित मिति :  २३ चैत्र २०७९, बिहीबार १०:५०


काठमाडौँ । उपनिर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ। निर्वाचन आयोगले वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुने जनाएको छ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्नेछन्। त्यसपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली सार्वजनिक गर्नेछ। चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाच्नका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरूलाई आजै चुनाव चिह्न प्रदान गरिनेछ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो। त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो।

उम्मेदवारहरू अहिले चुनावी अभियानमा लागिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ