"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चितवन–२ मा यी हुन् मनोनयन दर्ता गराएका उमेदवार

प्रकाशित मिति :  २० चैत्र २०७९, सोमबार १८:०७


चितवन । उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा यहीँबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको छ ।
त्यस्तै, गठबन्धनको तर्फबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले मनोनयन दर्ता गराएका छन्। महामन्त्री विश्वप्रकाश शर्मासँगै निर्वाचन अधिकृतको कार्यालय पुगेका श्रेष्ठ र एमाले नेता गोकुल बाँस्कोटासँगै गएका न्यौपानेले मनोनयन गर्दा गराएका हुन्। उम्मेदवारी दर्तापछि उनीहरूले एक–अर्कामा जितको शुभकामना दिँदै अंकमाल गरेका छन्।

चितवन–२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा यो पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो