"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तनहुँ १ : उपनिर्वाचनका लागि यी हुन मनोनयन दर्ता गरेका उमेदवार

प्रकाशित मिति :  २० चैत्र २०७९, सोमबार १७:१८


तनहुँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।
त्यस्तै, नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए ।
नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो