"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछाेरी सरकारी स्कुलमा पढाउन पालिकाको सूचना

प्रकाशित मिति :  १९ चैत्र २०७९, आईतवार ११:३७


विराटनगर । जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ ।

मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका, विद्यालयका कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले आफ्ना छोराछोरीहरु अनिवार्यरुपमा आधारभूत तहसम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने पालिकाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा

काठमाडौँ । सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ । सत्तापक्षका सांसदले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताए । हुन्न बाँकी सहमतिलाई पनि